प्रकाशित : ३ आश्विन २०७७, शनिबार १३:३६

विराटनगर, ३ असोज । भोजपुरको हतुवागढी गाउँपालिका उपप्रमुख चन्द्रमा राईको आज विराटनगरमा मृत्यु भएको छ । ४८ बर्षीय राईको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

जण्डिस र निमोनियाबाट पीडित राईको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेकपा भोजपुर सचिवालय सदस्य समेत रहेकी राईको निधन प्रति प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गहिरो शोक व्यक्त गर्नुभएको छ । राईको निधनले भोजपुर नेकपा र स्थानीयपालिकालाई अपुरणीय क्षति पुगेको मुख्यमन्त्री राईले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३