प्रकाशित : १ आश्विन २०७७, बिहीबार १८:२१

विराटनगर, १ असोज । गठन भएको अढाई वर्षपछि आज विराटनगरमा प्रदेश १ को प्रदेशसभा भवनको शिलान्यास गरिएको छ । यसअघि प्रदेशसभा जिल्ला समन्वय समिति मोरङको भवनबाट सञ्चालित थियो ।

समितिकै खाली जमिनमा निर्माणका लागि भवनको सिलान्यास गरिएको हो । भवन सिलान्यास भएर निर्माणको काम सुरु हुने भएपछि विराटनगरबाट प्रदेशसभा सर्ने सम्भावना टरेको छ ।

यसअघि विराटनगरबाट इटहरी र गोठगाउँ कुनै ठाउँमा प्रदेशसभा सर्ने चर्चा चलाइएको थियो । प्रदेश १ को राजधानी तोक्दा स्थायी राजधानी विराटनगर भए पनि वृहत विराट क्षेत्रलाई घोषणा गरेर विराटनगर बाहिर राजधानीको संरचना निर्माण गर्ने चर्चा थियो ।

प्रदेश सरकारले विनियोजन गरेको पाँच करोड रुपैयाँ बजेटमध्ये दुई करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ ठेक्का लागेपछि आज प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले भवनको सिलान्यास गर्नु भयो । उहाँले प्रदेशसभा कुन ठाउँमा रहन्छ भन्ने विवाद अब अन्त्य भएको बताउनु भयो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आफ्नै लगानीमा सरकारले आफ्नो पहिलो संरचना निर्माण गर्न लागेको जानकारी दिनु भयो ।

जग्गा अभावमा प्रदेश सरकारको प्रशासनिक भवन तथा पूर्वाधार निर्माण गर्न नसकिएको उहाँको भनाइ छ । भवन निर्माणका लागि धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले ठेक्का पाएको छ । प्रदेशको स्थायी राजधानी तोक्नुअघि विराटनगर महानगरपालिकाले सरकारलाई संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा गरेको थियो ।

तर अहिलेसम्म उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश राजधानी अन्त जान सक्ने सम्भावनासँगै महानगरले सरकारी संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने बाचा गरेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३