प्रकाशित : १ आश्विन २०७७, बिहीबार १०:०५

विराटनगर १ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त हुनु भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उहाँको रिपोर्ट आज नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उहाँ संक्रमणमुक्त हुनु भएको हो ।

मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उहाँ होमआईसोलेसनमा बस्नुभएको थियो ।

यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उहाँको रिपोर्ट पुन ः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३