प्रकाशित : ३१ भाद्र २०७७, बुधबार १७:५६

विराटनगर, ३१ भदौ । विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पित्तथैलीको शल्यक्रियाका लागि भर्ना भएकी मोरङ बेलबारी नगरपालिका– ७ बाहुनीकी ६४ वर्षीय महिलाको मृत्यु भएको हो । उनी २८ भदौमा नोबेल मेडिकल कलेज भर्ना भएकी थिइन् ।

पित्तथैलीमा पथरीयाको शल्यक्रियाका लागि भर्नाभएकी उनको गएराति मृत्यु भएको हो ।

मृत्यु पश्चात आज पोजेटिभ रिपोर्ट आएको छ । ‘शल्यक्रियाका लागि पीसीआर जाँचका लागि स्वाब संकलन गरेका थियौं,’ नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालले भन्नु भयो, ‘तर रिपोर्ट आउनुअघि नै महिलाको मृत्यु भयो ।’ दाहालका अनुसार आज शल्यक्रियाका गर्ने समय तालिका थियो । ‘कोरोना जाँच नगरी शल्यक्रिया हुँदैन,’ उनले भने, ‘ पीसीआर रिपोर्ट नआउदै उहाँको मृत्यु भयो ।’ मृतक महिलामा अत्याधिक पेट दुख्ने र श्वासप्रश्वासको समस्या थियो ।

राई थरकी ६४ वर्षीय महिलाको मृत्यु भएसँगै बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि बेलबारी – ५ की महिलाको मृत्यु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३