प्रकाशित : ३१ भाद्र २०७७, बुधबार ०७:२४

वीरेन्द्र विष्ट

            वीरेन्द्र विष्ट

हरेक बर्षझैँ यस वर्षमा पनि १६ सेप्टेम्बरका दिन विश्व ओजोन तह बचाउ दिवस मनाईदै छ । विश्व ओजोन तह बचाउ दिवस मनाउनुको मुख्य उद्देश्य सबै विश्व भरिका जनता सामु ओजोन तह रिक्तीकरणले पृथ्वीमा परिरहेको असर बारे जनचेतना फैलाउने र यस तहलाइ रिक्तीकरण हुन बाट बचाउनु हो ।

सन् १९९४, १६ सेप्टेम्बरका दिन विश्व ओजोन तह बचाउ दिवस संयुक्त राष्ट्रका समान विधानसभाले तोकेको हो । मानिसहरुको विभिन्न गतिविधि, क्रियाकलापहरुले गर्दा हाम्रो पुथ्वीमा विभिन्न किसिमका समस्याहरु आइपरेका छन् । दिन प्रतिदिन मानिसहरुको संख्या वृद्धि हुनू सं–संगै मानिहरुको विभिन्न इच्छा आकाँक्षा पूरा गर्नलाइ पुथ्वीमानै ठुला ठुला महल, कलकारखाना, विभिन्न किसिमका गाडी मोटरहरुको बढ्दो क्रमले हाम्रो पुथ्वीको वायुमण्डलमा रहेको ओजोन तहमा असर परेको छ ।

मानिसहरुले आ–आफ्नो इच्छा आकाँक्षा पुरा गर्न प्रकृति विपरीत काम गरिहेका छन् । प्रकृति विपरीत कामले पृथ्वीमा तापक्रम बढनु, विभिन्न  रोगहरुको महामारी फैलिनु, विभिन्न पशुपंन्छीहरु लोप भएर जानु, आदि जस्ता गतिविधिले गर्दा पृथ्वीले नै एकदिन हामी मानिसहरुलाई प्रकृति विपरीत पारिदिन्छ । संरक्षणको सिद्धान्त अनुसार प्रकृतिलाइ जस्तो छ त्यस्तै राख्नु पर्दछ ।

हाम्रो पुथ्वीको वायुमण्डलमा सतहदेखि माथि बढ्दै गयो भने विभिन्न किसिमका ग्याँसको तह रहेका छन् । यसलाइ ग्याँसको घनत्वको आधारमा पाँच तहमा विभाजन गरिएको छ । भु–मण्डल, सम्ताप मण्डल, मध्यमण्डल, आइनमण्डल र बाह्रर्य मण्डल रहेका छन् । ओजोन तह सम्ताप मण्डलको तल्लो भाग २० कि.मी देखि ३० कि.मी भन्दा माथि पाइन्छ । यस तहले सुर्यबाट आइरहेका एकदमै हानिकारक किरण अति बैंगनी (अल्ट्राभ्वाइलेट रे) लाइ रोकने काम गर्दछ र यस तहले पुथ्वीमा रहेका जीवित कुराहरुलाइ बचाउने काम गर्दछ । अक्सिजनको तीनओटा परमाणुहरु मिलेर ओजोन बनेको हुन्छ । वायुमण्डलमा रहेको अक्सिजन अल्ट्राभ्वाइलेट किरण संग प्रतिक्रिया गर्छ र दुईवटा एकल परमाणुभाको अक्सिजन बन्छ पछि गएर एकल परमाणुको अक्सिजन वायुमण्डलमा रहेको दुईवटा पमाणुभाको अक्सिजन संग मिलि ओजोन बनाउद छ । ओजोन ग्यास लाइ राम्रो र नराम्रो गरि दुई भागमा विभाजन गरिएको छ । राम्रो ओजोन ग्यासचै प्राकृतिक रुपले बनेको हुन्छ र सुर्यबाट आएको हानिकारक किरणहरुलाई छेकेर फर्काई दिन्छ । नराम्रो ओजोन ग्यास विभिन्न सवारीसाधन र विभिन्न उद्योगहरुबाट निस्केको नाइट्रोजनओक्साईड ग्यासबाट बनेको हुन्छ ।

वायुमण्डलमा रहेको ओजोन ग्यासको तह पातलो भएको भनेर सन् १९७० तीर चासोको विषय बनेको थियो । पृथ्वी सतहबाट विभिन्न किसिमका ग्यास जस्तःै क्लोरिन, ब्रोमाइन, क्लोरोफ्लोरो कार्बन जस्ता ग्यासहरुले ओजोन ग्यासको तह पातलो भएको थियो । जुन सुर्यबाट आएका हानिकारक किरणहरुलाई छेक्न सकिरहेको थिएन । फ्रिज, घरको इन्सुलेशन बनाउन प्राय उद्योगहरुले धेरैजस्तो क्लोरोफ्लोरो कार्बन प्रयोग गरिरहेका हुन्छन् । पृथ्वीमा सुर्यबाट आएको हानिकारक किरणहरुले मानिसको स्वास्थ्यमा, बोट बिरुवाहरुमा, समुद्री वातावरण र जैविक चक्रमा नराम्ररी असर गर्दछ । यसले मानिसको छालामा क्यान्सर, प्रतिरक्षा प्रणालीमा कमजोरी, अस्थमा र आँखाको विभिन्न भागमा जस्तैः लेन्स, कोरनिया आदिमा असर गर्दछ । सुर्यबाट आएको हानिकारक किरणहरुले पृथ्वीको केहि भागहरुमा विभिन्न जनावरहरुलाई, समुद्रीका विभिन्न प्रजातिको विकास चरण र प्रजनन क्षमतामा असर गरेको सुचित गरिएको छ ।

ओजोन तह पातलिदै जानु र विभिन्न असर देखा पर्दैगए पछि सन् १९८५ मा धेरै देशहरु मिलेर भियना अधिवेशन सामिल भए र सम्मेलनमा बहुपक्षीय वातावरण सम्झौतामा सहमत गरे पछि सन् १९८८ मा ओजोन तह पातलिदै जानु विरुद्ध योजना बनाय । सन् १९८७ मा मन्ट्रियल प्रोटोकलको ओजोन तहको सुरक्षाका लागि १९७ देशहरुका सदस्यहरु मिलि चरणबद्ध बाहिरको उत्पादन र पदार्थको खपतलाई न्युनिकरण गर्न विश्व सम्झौता गरे । यस प्रोटोकलले अन्ट्राटिकामा रहेको ओजोन होललाई रिकभरी गर्न मद्धत पुगेको थियो ।
कोभिड १९ को माहामारीले विश्वभरी लकडाउन भएको छ । अहीले विश्वभरीका मानिसहरुलाई समस्यामा परेको छ । यसले एक तर्फ समस्यामा पारेको छ भने अर्को तर्फ फाइदा भएको छ । यसले पृथ्वीमा रहेका जिवजन्तु, बोटविरुवाहरु र प्रकृतिलाई आनन्द महसुस दिएको छ । यस लकडानको महामारीमा विश्वभरीका मानिसहरु आ–आफ्नो घरमा बसिरहेका छन । ठुला उद्योग, कलकारखानाहरु, सवारीसाधनहरु पनि बन्दछन् । यसले हाम्रो वातावरणमा ठुलो परिवर्तन आएको छ । वैज्ञानिकका अनुसार उत्तरी धुव्रमा रहेको १० लाख वर्ग कि.मी मा फैलिएको ओजोन तहमा रहेको छेद् अहिले पुरै ढाकिएको छ । यो इतिहासको सबैभन्दा ठुलो छेद थियो । लकडाउनमा कम भएको प्रदुषणले पुरै ढाकिएको छ । यो एउटा ठुलो उपलब्धि हो ।

यदि पृथ्वीबाट ओजोन तहको विनाश भयो भने पृथ्वीमा जीवन असम्भव छ । सुर्यबाट आएको हानिकारक किरणले पृथ्वीमा सबै जिवजन्तु, मानिसको स्वास्थ्यमा, बोट बिरुवाहरुमा, समुद्री वातावरण र जैविक चक्रमा नराम्ररी असर गर्दछ र पृथ्वीनै ध्वस्त हुन्छ । बोट बिरुवाहरु सुकेर जान्छन् र अक्सिजनको कमी हुन्छ यसले पृथ्वीमा बाँच्नको लागि असम्भव छ । त्यसैले हामीले पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तहलाई बचाउनु पर्छ र वायुप्रदुषण पनि कम गर्नु पर्दछ ।
 

(लेखक स्नातकोत्तर क्याम्पस विराटनगरमा एमएस्सी इकोलोजी र इन्भाइरोमेन्टका शोधकर्ता हुन् ।)  फोन नम्बर :९८१५६४०१९८, ९८६५९१११५८

 

 

 

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३