प्रकाशित : ३० भाद्र २०७७, मंगलवार १८:३८

विराटनगर , ३० भदौ । सुनसरीको धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान १७ का ७० बर्षीया वृद्धको आज साढे २ वजेतिर उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३