प्रकाशित : २८ भाद्र २०७७, आईतवार १८:४९

विराटनगर, २८ भदौ । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रदेश लोकसेवा आयोगले आफ्नो पहिलो प्रतिवेदन आज बुझाएको छ । वार्षिक रुपमा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउनु पर्ने प्रवधान अनुरुप आयोगले २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाएको हो । कर्मचारीमार्फत प्रतिवेदन पुस्तिका पठाएर प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले सञ्चार माध्यममार्फत प्रदेश प्रमुखलाई जानकारी गराउनु भयो ।

प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझावहरु रहेका छन् । प्रदेश प्रमुख ‘प्यासी’ले प्रतिवेदनको अध्ययन तथा मूल्यांकन गर्दा लोकसेवा आयोगलाई काम गर्न सहज नरहेको देखिने उल्लेख गर्नु भएको छ ।

प्रतिवेदन अध्ययन गर्दै उहाँले प्रदेश लोकसेवा आयोगले गराएको ध्यानाकर्षण र सुझावहरुलाई सम्बन्धित निकायले समयमै विचार पुर्याउनु पर्ने सुझाव दिनु भएको छ । प्रदेश लोकसेवा आयोगमा टीकादत्त राई र सजना दाहाल सदस्य रहनु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३