प्रकाशित : २८ भाद्र २०७७, आईतवार १८:४५


विराटनगर, २८ भदौ । सिर्जना फाईनान्स लिमिटेडले आज प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा ११ लाख सहयोग गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई फाईनान्स अध्यक्ष सुयस प्याकुरेलले एघार लाखको चेक हस्तान्तरण गर्नु भयो ।
मोरंग, सुनसरी र सप्तरी तिन जिल्ला कार्यक्षेत्र भएको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको बित्तीय कारोबार गर्दै आएको सिर्जना फाईनान्स लिमिटेडले आज सहयोग हस्तान्तरण गरेको हो । समाजिक उत्तरदायीत्व कोष अन्तरगत कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पुर्याउन सिर्जना फाईनान्सले सहयोग गरेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा सञ्चालक सुवास आचार्य, डा. प्रमोदकुमार झा, राजीबकुमार मिश्र, बिष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख भवानीशंकर चापागाई र प्रभाकरकुमार देबकोटाको उपस्थिति रहेको थियो ।