प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार १८:५५

विराटनगर २६ भदौ । कोरोना भाइरस संक्रमणका कारण विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज थप एक वृद्धा महिलाको मृत्यु भएको छ ।

उपचार केन्द्रका प्रमुख एवं अस्पतारका बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार मोरङको ग्रामथान गाउँपालिका–२ की ७० वर्षीया वृद्धाको उपचारका क्रममा ४ : ३० बजेतिर मृत्यु भएको हो । वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या थपिएपछि रातिनै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । वृद्धामा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने लगायतका धेरै समस्या देखिएको जानकारी उहाँले दिनुभयो । मृतकको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइसकिएको जानकारी उहाँले दिनुभयो ।

वृद्धाको मृत्युसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३