प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार ०७:०६

विराटनगर, २६ भदौ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा हिजो साँझ एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वासको समस्या र शरीरमा अक्सिजनको कमी देखिएकी विराटनगर १९ मिलनचोककी ४४ बर्षीया महिलालाई हिजो कोसी अस्पतालको आइसोलेसनबाट कोभिड अस्पतालमा रेफर गरिएको थियो ।

कोशी कोभिड अस्पतालका प्रमुख डा.दीपक सिग्देलले उच्च रक्तचाप र मोटोपनको समस्या भएकी ४४ वर्षीय महिलाको विहीबार साँझ सवा ७ वजेतिर उपचारको क्रममा मृत्यु भएको बताउनुभयो ।

कोरोना संक्रमणका कारण कोशीको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । विराटनगरमा कोरोनाको कारण १६ जनाको मृत्यु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३