प्रकाशित : २५ भाद्र २०७७, बिहीबार १७:५४

विराटनगर, २५ भदौ । न्यूरो हस्पिटल विराटनगरद्धारा सञ्चालित कोभिड हस्पिटलले कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ । प्रदेश नं १ समाजिक विकास मन्त्रालयको स्वीकृतिपछि अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । संक्रमितको संख्या बढेसँगै अस्पतालले निशुलक उपचार शुरु गरेको उहाँले बताउनुभयो ।

अस्पताल भित्रै कोरोना संक्रमितका लागि आन्तरिक खेलकुदको व्यवस्था, मनोरञ्जन कक्ष, भेन्टिलेटर सहितको व्यवस्था गरिएको भट्टराईले बताउनुभयो । न्युरो अस्पतालले गत भदौ १२ गतेदेखि विराटनगरको महेन्द्र चौकस्थित आफ्नो विस्तारित शाखा ‘मातृशिशु अस्पताल’ लाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको छ । न्युरोले ५० वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ ।

जनरल ४३, आईसियु ७ र भेन्टिलेटर २ गरि ५० शैयाको क्षमतासहित सञ्चालनमा आएको कोभिड हस्पिटलमा हाल ११ जना संक्रमितहरु उपचाररत छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरुलाई २४ घण्टे चिकित्सकीय परामर्श, पौष्टिक तथा सन्तुलित भोजन र चिकित्सकको सल्लाह बमोजिमको आवश्यक औषधी लगायतको सम्पुर्ण सेवा सुविद्या प्रदान गरिँदै आईएको अस्पतालका अपरेशनल डाइरेक्टर भट्टराईले बताउनुभयो ।

कोभिड अस्पताल सञ्चालनसँगै प्रयोगशाला निर्माणको पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रयोगशाला सञ्चालनमा आइसके पछि ६ घण्टाभित्र नतिजा आउने गरि दैनिक ५ सयबढीको कोरोना परिक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३