प्रकाशित : २४ भाद्र २०७७, बुधबार १८:५०

विराटनगर, २४ भदौ । कोरोनाको कारण देखाएर उपचार नगर्ने विराटनगरका अस्पताललाई कारवाही गरिने भएको छ । कोरोना बाहेकका विरामीले उपचार पाउन नसकेर मृत्यु भएका घटनाहरु बढेपछि जिल्ला प्रशासन कार्यालय मोरंगले उपचारका लागि ल्याइएका बिरामीलाई उपचारको वातावरण बनाउन निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले यो वा त्यो बहानामा उपचार नगर्ने छुट अस्पताललाई नभएको भन्दै उपचारमा आनाकानी गर्नेले कारबाहीको भागिदार बन्नु पर्ने चेतावनी दिनुभएको छ । अस्पतालले मनपरी गरिरहँदा सर्वसाधारणले दुःख पाउने र अकालमा ज्यान गुमाउनु परेकोभन्दै प्रजिअ निरौलाले सबैलाई बिरामीको स्वास्थ्य उपचार सम्बन्धी कानुनका बारेमा सम्झाइसकेको बताउनुभयो ।

जनस्वास्थ्य ऐन २०७५ मा स्वास्थ्य उपचारमा नियमित, सहज, सर्वसुलभ, प्रभावकारी, गुणस्तरीय र नागरिकको पहुँच स्थापित गर्ने कुरा उल्लेख छ । ऐनले आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुरक्षित गरेको बताउँदै प्रजिअ निरौलाले उपचारमा आनाकानी गर्नेमाथि ऐनअनुसार कारबाही गर्नुको विकल्प नरहने बताउनुभयो । कोरोना संक्रमितबाहेक पनि स्वास्थ्य सम्बन्धी अरु समस्या भएका बिरामीलाई तत्काल उपचारको प्रबन्ध गर्न उच्च अदालत विराटनगरलेसमेत भदौ ८ गते अन्तरिम आदेश दिइसकेको छ । मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले प्रदेश १ सरकार, विराटनगर महानगरपालिका, अस्पताल लगायतका सरोकारवाला निकायका नाममा आदेश जारी गरेको थियो ।

शौचालयमा लडेर घाइते भएकी सात महिनाकी गर्भवती मोरङको कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी), भात सर्किएपछि बेहोस बनेकी उदयपुरको चौदण्डीगढी नगरपालिका–६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेत, अचानक पिसाब बन्द भएर समस्यामा परेकी मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीय सानकुमारी राई लगायतको उपचार नपाएर ज्यान गइसकेको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३