प्रकाशित : २२ भाद्र २०७७, सोमबार १८:४४

विराटनगर, २२ भदौ । मोरङमा खुकुलो प्रावधान सहित भदौ २८ गते सम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरि आज भदौ २८ गतेसम्म निषेधाज्ञा थप गरेको जनाएको हो ।

निषेधाज्ञा अबधिमा सार्वजनिक यातायात, होटल, शैलुन, हाटबजार र सभा समारोहबाहेक सबै खुल्ला हुनेछ । यसअघि दैनिक ४ बजेसम्म खुल्ला गरिएको बजार अब ७ बजेसम्म खुल्ने भएको छ ।

होटल र रेष्टुरेन्टहरु पनि ग्राहक नराखी टेकअवे वा होम डेलिभरी गर्नेगरी सञ्चालन गर्न पाउने भएका छन् । सो अबधिमा राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा भने प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ ।

कोरोना महामारी अझै नियन्त्रणमा नआएको र निषेधाज्ञाले दैनिक जनजीवन पनि कष्ठकर भइरहेकोले जीवनयापन सहज बनाउनेगरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३