प्रकाशित : २१ भाद्र २०७७, आईतवार १८:५४

विराटनगर, २१ भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ की २२ वर्षीय रिंकीकुमारी मेहताको हत्या गरिएको आरोप माइती पक्षले लगाएका छन् । मागेजति दाइजो दिन नसक्दा भगाएर बिहे गरेको दुई दिनमै छोरीको हत्या गरिएको आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आरोप लगाएका हुन् । माइती पक्षले आफूहरुसँग १० लाख रुपैयाँ दाइजो स्वरुप मागेको पनि बताएका छन् ।

गढी गाउँपालिका–४ स्थित छिटाहामा रहेको दाजु जयप्रकाश मेहताको घरबाट फर्कने क्रममा देवानगञ्ज–४ का रमेशकुमार मेहताले रिंकीलाई अपहरण शैलीमा भगाएर लगेको बुवा जयकिशोर महतोको भनाइ छ । उहाँले भगाएर लगेको २४ घण्टा पनि वित्न नपाउँदै १० लाख रुपैयाँ मागेको र दिन नसक्दा हत्या गरेको आरोप लगाउनु भयो । उहाँका अनुसार भदौ ५ गते बिहान ३ बजेतिर पूर्व सभासद् मुगाला महतोले फोन गरेर छोरीले पासो लगाई झुन्डिएर मरिन् भन्ने खवर दिएका थिए ।

आफूहरु पुग्दा घटना शंकास्पद लागेको जयकिशोरले सुनाउनु भयो । उहाँले सुतेको कोठाको बरण्डामा झुन्डिएको शव हेर्दा आफै आत्महत्या गरेको नभइकन हत्या गरेर झुन्ड्याइएको जस्तो देखेको बताउनु भयो । ‘शरीरमा लगाएका कुनै गहना थिएनन्,’ उनले भन्नु भयो, ‘स्थानीय र घटनास्थलमा रहेका प्रहरीलेसमेत हत्या गरेर झुन्ड्याइएको हुन सक्ने अड्कल काटे ।’ देवानगञ्ज–३ का वडा अध्यक्ष अनिल भगतले घटना सुनेर आफूहरु पनि हेर्न गएको बताउनु भयो ।

हेर्दा मृत्यु शंकास्पदनै देखिने उहाँको भनाइ छ । छोरीको हत्या भएको भन्दै जयकिशोरले घटनामा संलग्नलाई कारबाहीको माग राखेर प्रहरीमा जाहेरी दिँदा पनि लिन नमानेपछि हुलकामार्फत जाहेरी पठाएको बताउनु भयो । छोरी रिंकीलाई लैजाने रमेश र उनका दाजु उमेशलाई प्रहरीले दुई दिनसम्म हिरासतमा राखेर छोडेको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले घटनामा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

घटना अनुसन्धानकै क्रममा रहेकोभन्दै उहाँले शवको पोस्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने जनाउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३