प्रकाशित : २१ भाद्र २०७७, आईतवार १६:२१


विराटनगर, २१ भदौ । मोरङको पथरीशनिश्चरेबाट १४ वर्षीया बालिकाको अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
अपहरणमा नातामा दाई पर्ने व्यक्तिकै संलग्नता देखिएको प्रहरीले जनाएको छ । बालिका अपहरणमा संलग्न पथरीशनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेली सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यदुई जनामा पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७वर्षीय पूर्ण तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले अपहरणमा प्रयोग गरिएका को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि नियन्त्रणमा लिइएको जानकारी दिए । आचार्य को २ च २८८२ र तामाङ अर्को एम्बुलेन्सका चालक हुन् । रणपहेली अपहरित बालिकाको नातामा दाजु पर्ने व्यक्ति हुन् ।
डीएसपीगिरीले रणपहेलीकै मुख्य योजनामाबालिकाबहिनीको अपहरणभएको बताए । अपहरणपछि बहिनीलाई आमाले राख्नदिएको दुई लाख रुपैयाँफुत्काउने योजनाउनको रहेको पाइएको गिरीको भनाइ छ ।