प्रकाशित : २० भाद्र २०७७, शनिबार १८:५८

विराटनगर, २० भदौ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ८ लाख ७९ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ८ लाख ७९ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार ३ सय ३५ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ६७ लाख ७३ हजार पुगेको छ । कोरोना संक्रमित भएका मध्ये १ करोड ८९ लाख ४९ हजार बढि उपचारपछि निको भएका छन् । ६० हजार ९ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ९२ हजार पुगेको छ ।

संक्रमितको संख्या ६३ लाख ९० हजार नाघेको छ । ब्राजिलमा ४० लाख ९१ हजार बढी संक्रमित हुँदा १ लाख २५ हजार ५ सय बढीको ज्यान गएको छ । भारतमा ४० लाख ३४ हजार ३ सय ३९ संक्रमित पुगेका छन् । कोरोना संक्रमणबाट ६९ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । भारतमा १४ हजार नयाँ संक्रमित थपिएका छन् । रसियामा १० लाख २० हजार बढी संक्रमित भएका छन् । रसियामा १७ हजार ७ सय बढीको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७६ हजार संक्रमित हुँदा २९ हजार ५ सय बढीको मृत्यु भएको छ । कोलम्वियामा ६ लाख ५० हजार बढी संक्रमित मध्ये २० हजार ८ सय बढीले ज्यान गुमाएका छन् । दक्षिण अफ्रिकामा ६ लाख ३५ हजार बढी कोरोना संक्रमित मध्ये १४ हजार ६ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ६ लाख २३ हजार नाघेको छ । मेक्सीकोमा ६६ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३