प्रकाशित : २० भाद्र २०७७, शनिबार १७:१८

विराटनगर, २० भदौ । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले मोरङ जिल्ला स्तरिय भर्चुअल बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । राष्ट्रिय बालदिवसको अवसर पारि गरिएको प्रतियोगितामा सत्यनारायण माविका नवराज भट्टराई प्रथम भएका छन् । कोभिड १९ ले बालबालिकामा पारे

को प्रभाव र सरोकारवालाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगितामा भट्टराई प्रथम भएका हुन ।

प्रतियोगितामा एभरेष्ट माविकी स्नेहा पोखरेल दोश्रो र सेन्टमेरिज स्कुलकी कृष्टिना शर्मा तेश्रो भएकी थिईन । बाल अधिकारकर्मी सिविन विराटनगरका प्रमुख बासु अधिकारी र मानवअधिकारकर्मी कोषराज नेउपानेले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई १ हजार ५ सय, दोश्रो हुनेलाई १ हजार र तेश्रो हुनेलाई ५ सय नगद र प्रमाणपत्र प्रदान गरिने कोकन विराटनगरका कार्यक्रम अधिकृत हेमन्तराज पौडेलले जानकारी दिनुभयो ।

कोभिड १९ ले बालबालिकालाई पारेको प्रभाव र र बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो । प्रतियोगितामा मोरंगका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, सामाजिक संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायताको उपस्थिति रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३