प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार १८:३४

विराटनगर, १९ भदौ । मोरङको बेलबारी नगरपालिकाले जनता आवास कार्यक्रम अन्र्तगत १ सय घर निर्माण गरेको छ । असाय, एकल, दलित तथा पिछडा वर्गहरुका लागि नगरपालिकाले १ सय १ वटा घर बनाएको हो ।

बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याविटेड नेपालको सहकार्यमा घरहरु निर्माण गरिएको हो । वडा नं. ३, ४, १० र ११ मा घरहरु निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । नगर प्रुमख सुवेदीका अनुसार वडा नं. ३ मा ४०, वडा नं. ४ मा २०, वडा नं. ११ मा ४० र वडा नंं १० मा १ गरि जम्मा १ सय १ वटा घरहरु निर्माण भएका हुन् । नगरपालिकाले घर निर्माण गरिदिएपछि लाभग्राहीहरु खुशी भएका छन् ।

पहिला बाँसका टाटी प्रयोग गरेर बनाएको घरमा बस्दै आउनुभएकी सीता राईले चिटिक्क भएको घर पाएकोमा खुशी व्यक्त गर्नुभयो । प्रत्येक घरमा बरण्डा सहितको तीन वटा कोठा निर्माण गरिएको छ ।

प्रतिघर नगरपालिकाको १ लाख ५० हजार तथा सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख गरि जम्मा २ लाख ५० हजार रुपैयाँमा घर निर्माण सम्पन्न भएको प्रमुख सुवेदीले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३