प्रकाशित : १८ भाद्र २०७७, बिहीबार १८:२६


विराटनगर , १८ भदौ । कोरोना संक्रमित दुई जना पुरुषको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्प्तालमा आज मृत्यु भएको छ । दुवै मृतक सप्तरीका हुन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीका राजविराज–७ का दुवै पुरुषको आज १ घण्टाको अन्तरालमा मृत्यु भएको हो । प्रवक्ता सापकोटाका अनुसार छिन्नमस्ता अस्पतालबाट रेफर भएर कोभिड १९ अस्पतालमा भदौ ८ गते भर्ना भएका ५५ वर्षीय पुरुषको सवा एक बजे दिउँसो मृत्यु भएको छ ।
१५ वर्षदेखि मधुमेह र उच्च रक्तचाप रहेका उनको अल्परक्तको समस्या रहेको डा. सापकोटाको भनाइ छ । त्यसैगरि, राजविराजबाट ल्याएर आजै १ बजेर २० मिनेटमा भर्ना गरिएका अर्का ५० वर्षीय पुरुषको उपचारका क्रममा २ बजेर २ मिनेटमा मृत्यु भएको छ ।
प्रवक्ता सापकोटाका अनुसार मृतकमा ज्वरो, श्वासप्रश्वास र शरीर सिथिल हुने समस्या रहको थियो ।