प्रकाशित : १७ भाद्र २०७७, बुधबार १८:५२

विराटनगर, १७ भदौ । नेकपा विराटनगर महानगर कमिटीले कोरोनामुक्त भएकाहरुलाई सम्मान गर्ने अभियान थालनी गरेको छ । महानगर कमिटीले आज कोरोनामुक्त भएका विराटनगरका ६ जना सञ्चारकर्मीहरुलाई सम्मान गर्दै अभियानको थालनी गरेको हो ।

कोरोना संक्रमण भएकाहरुलाई छुवाछुत गर्ने र समाजमा अपमान गर्ने घटना भइहरेकोले त्यसलाई चिर्न अभियान थालिएको नेकपा महानगर अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । कोरोना मुक्त भएकाहरुले प्लाज्मा दान गरि अन्य संक्रमितको उपचारमा पनि सहयोगी हुनसक्ने भएकोले उनीहरुको अपमान हैन सम्मान गर्नुपर्ने सन्देश दिन अभियान थालेको उहाँले बताउनुभयो ।

कोरोना संक्रमित उद्घघोष दैनिकका पत्रकारहरुलाई कार्यालयमा गएर खादा ओढाई नेकपाले सम्मान गरेको छ । पत्रकारहरुले आफूलाई कोरोना हुँदा त्यसबारे समाजलाई सुसुचित गरि सचेत रहन आह्वान गरेर उदाहरणीय काम गरेकोले पत्रकारबाटै सम्मानको थालनी गरिएको नेकपा महानगर कमिटी सचिब हेम कार्कीले बताउनुभयो । सो अवसरमा संक्रमितहरुलाई इम्युनिटी पावर बढाउने जडिबुटीजन्य चिया पनि हस्तान्तरण गरिएको छ ।

उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीसहित सो दैनिकमा आबद्ध ७ जनालाई कोरोना संक्रमण भएकोमा सबैजना मुक्त भइसकेका छन् । उनीहरुसहित विराटनगरका ९ जना पत्रकार र ३ जना सञ्चारकर्मीलाई कोरोना संक्रमण भएको थियो । सबैजना अहिले कोरोनामुक्त भइसकेका छन् । नेकपा महानगर कमिटीले यसअघि संक्रमितको घरमा सेनिटाइज गर्ने अभियान सञ्चालन गरेको थियो ।

महानगरका करिब ३५० जनाको घरमा सेनिटाइज गरेको बताउँदै अध्यक्ष थापाले दोस्रो चरणको अभियानमा सबै कोरोनामुक्त भएका घरमा पुगेर सम्मानको कार्यक्रम राखिएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३