प्रकाशित : १६ भाद्र २०७७, मंगलवार १८:३२

विराटनगर, १६ भदौ । मोरङमा एक साताका लागि निषेधाज्ञा थपिएको छ । खुकुलो प्राबधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको हो ।

यसअघि दुई पटक थप हुँदै भदौ ५ गतेबाट जारी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । निषेधाज्ञाको अबधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । बजार तथा पसल अब ४ बजेसम्म खुल्ला हुने भएको छ । यसअघि दिनको १२ बजेसम्म मात्र बजार तथा पसल खुल्ला गरिएको थियो ।

प्रशासनले शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाएको छ । सरकारी कार्यालयले आलोपालो गरी न्युनतम् संख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिका अनुसार सेवा सञ्चालन गर्नुपर्ने भएको छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भएका छन् ।

जिल्लाभर राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३