प्रकाशित : १६ भाद्र २०७७, मंगलवार १८:३०

विराटनगर, १६ भदौ । विराटनगरमा कोरोना पराजित गर्दै संक्रमण मुक्त भएको एउटा परिवारका सदस्यलाई टोलका बासिन्दाले आज भव्य स्वागत गरेका छन् । विराटनगर महानगरपालिका–१२ का किशोर धमलाको परिवारलाई टोलका अगुवा, छिमेकी, बुद्धिजिवीसमेतले फूलका गुच्छासहित स्वागत गर्दै संक्रमण मुक्त भएर सामान्य जीवनमा फर्किएकोमा बधाई दिएका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का प्रदेश १ का अध्यक्षसमेत रहनु भएका धमलामा साउन २८ गते बुधबार कोरोना देखिएपछि मारवाडी सेवा सदनको ‘आइसोलेसन’मा भर्ना हुनु भएको थियो । उहाँको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका श्रीमती, छोरी र छोरालाई पनि भदौ १ संक्रमण पुष्टि भएको थियो ।

पुनः परीक्षण हुन बाँकी रहेका छोराबाहेक सबैले तीन जनाले कोरोना पराजित गरिसकेको बताइएको छ । ‘२० दिनको ‘आइसोलेसन’ बसाईपछि सामान्य जीवनमा प्रवेश गर्दै घर फर्किन पाउँदा हर्षित भएँ,’ धमालले भन्नु भयो, ‘संक्रमण मुक्त भएकालाई पनि समाजले राम्रो दृष्टिले हेर्दैनन् भन्ने सुनिरहेका बेला सबैको सहयोग र सम्मान पाउँदा खुसीको सीमै रहेन ।’ उहाँले कोरोना पराजित गर्दा युद्ध नै जितेर फर्किएको महसुस भएको बताउनु भयो । धमलाले आफन्त, छरछिमेकी र समाजले सकारात्मक व्यवहार देखाइदिए कोरोना सहजै जित्न सकिने रहेछ भन्ने लागेको बताउनु भयो ।

आफूहरूलाई स्वागत गरेजस्तै हरेक संक्रमितमाथि राम्रो र सकारात्मक व्यवहार गर्दै हौसला दिन सबैमा धमलाले आग्रह गर्नु भयो । अब आफू संक्रमितको उद्धार र उपकारमा खट्ने बताउँदै धमलाले संक्रमितमाथि भइरहेका गलत हर्कतकाविरुद्ध आवाज पनि उठाउने जनाउनु भयो ।

धमला परिवारका लागि राखिएको सम्मान कार्यक्रमको अगुवाई गरेकामध्ये जगदिश तिम्सिनाले कोरोना मुक्त भएकामाथि हुने गरेका अनेक दुरव्यवहार बन्द गर्नु पर्ने बताउनु भयो । स्थानीय पदम श्रेष्ठले संक्रमितमाथि भइरहेका विभिन्न खाले दुरव्यवहारको अन्त्य गर्न प्रेरणा मिलोस भनेर संक्रमण मुक्त भएकालाई स्वागत गरिएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३