प्रकाशित : १५ भाद्र २०७७, सोमबार १६:०४

विराटनगर, १५ भदौ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सोमबारदेखि विराटनगरमा ‘फुड बैंक’ संचालनमा ल्याईएको छ ।

फुड बैंकमा एक जनालाई अढाई केजी चामल, आधा लिटर तेल, एकपाउ दाल, सोयाबीन र नुन रााखिएको छ । फुड बैंकका लागि नेकपा विराटनगर महानगर कमिटिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलिले २० क्विन्टल चामलसहित केहि खाद्यन्न संकलनमा सहजीकरण गरिदिएका छन् । फुड बैंकका लागि निर्माण व्यवसायीहरुले, विद्यार्थी नेताहरु, सामाजिक क्षेत्रमा क्रियाशिल अगुवाहरु र स्वयम् युवाहरुको समूहले समेत फुड बैंकमा योगदान गरेका छन् । युवाहरूले सुरु गरेको यस्तो अभियान आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने नेकपा विराटनगरका अध्यक्ष थापाले बताए ।

क्रिएटीभ युथ सोसाइटीमा आवद्ध भएका युवाहरूले खाद्यान्न संकलन गरि फुड बैंक संचालनमा ल्याएका हुन । लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पुर्याउन ‘फुड बैंक’ स्थापना गरिएको सोसाईटीका संयोजक सुरज कटुवालले बताए ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३