प्रकाशित : १४ भाद्र २०७७, आईतवार १८:४१

काठमाडौँ १४ भदौ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा पैसाको अभाव गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ ।

रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ । गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन । सुशिल डाँगी र राहुल राईको छायाँकन, अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ ।

पैसाको अभावगीतको भिडियोमा सारिका केसी , जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३