प्रकाशित : ११ भाद्र २०७७, बिहीबार १६:०१

विराटनगर , ११ भदौ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा चलाइएको मोटरसाइकलका कारण मोरङको गछियामा दुर्घटना भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बिहीबार एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–६ गछियामा बाटो क्रस गर्दै गरेको

साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो ।
मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक सुन्दहरैंचा–६ का २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये श्रेष्ठलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइपुर्याएपछि चिकित्सकले मध्यान्ह १२ बजे मृत घोषित गरेका हुन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३