प्रकाशित : १० भाद्र २०७७, बुधबार १८:४१

विराटनगर, १० भदौ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकी विराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको बुवाको २० दिनपछि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

परिवारका अनुसार ७० वर्षीय बुवाको निधन भएपछि मृत्यु संस्कारमा बसेकी उनलाई त्यहीबीचमा निमोनियाको समस्या देखिएको थियो । स्वास्थ्यमा पहिलेदेखि नै समस्या रहेका बुवाको निधन साउन २३ गते भएको परिवारले जनाएको छ । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा वृद्धको भने रिपोर्ट नेगेटिभ आएको परिवारको भनाइ छ ।

आफ्ना बुवाको कामकै बीचमा बिरामी परेकी महिलाको बाबुको निधन भएको २० दिनपछि कोरोनाले ज्यान लिएको हो । बुवाको काममा बसेका बेला उनलाई ज्वरो आउने लगायत समस्या देखिएको परिवारले जनाएको छ ।

उपचार गराउने क्रममा उनलाई निमोनिया रहेको पुष्टि भएको परिवारले जनाएको छ । ‘बुवाको काममा बस्दा देखिनै दिदी बिरामी पर्नु भएको थियो,’ मृतकका भाईले भने, ‘पछि निमोनियाको समस्या देखियो ।’ बुवाकै काममा बसेका बेला बिरामी परे पनि परिवारनै दुःखमा रहेका कारण त्यो समयमा प्रभावकारी उपचार गराउन नपाउँदा बिरामले च्याप्दै लगेको उनको भनाइ छ ।

दिदीमा कोरोना संक्रमण पुष्टि भए पनि मृत्युको कारण भने निमोनियानै हुन सक्ने उनको भनाइ छ । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति ८ बजेतिर मृत्यु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३