प्रकाशित : १० भाद्र २०७७, बुधबार १८:३९


विराटनगर, १० भदौ । मोरङ जिल्लाभर एक साताका लागि निषेधाज्ञा गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर सहित ४ वटा स्थानीय तहमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर मोरंग जिल्लाभर एक साता थप्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।
निषेधाज्ञामा बजारलाई १२ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ । त्यसपछि सबै बजार र पसल बन्द हुनेछ । बजार खुल्ला गरिएपनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन ।
मोटरसाईकल र साइकललाई पनि चल्न नदिनेगरी विषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।