प्रकाशित : ९ भाद्र २०७७, मंगलवार १७:५४

विराटनगर, ९ भदौ । प्रदेश १ मा प्रहरीमा संक्रमण बढ्दै गएपछि सरुवा स्थगित गरिएको छ । असार देखि हालसम्म प्रदेश १ मा दुई हजार ४४ प्रहरीलाईं सरुवा गरिएको छ ।

सरुवा भएर प्रदेशका विभिन्न जिल्लामा पुगेका प्रहरीमा संक्रमण देखिन थालेपछि सरुवा स्थगित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाउको छ । सरुवाका कारण कोरोना फैलिएको भनेर विरोध हुन थालेपछि प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले भदौ २ गतेबाट त्यो काम रोकेर सबै प्रहरी कार्यालयलाई पत्राचार गर्नुभउको छ । कार्कीले सरुवा गरिएका प्रहरीमा कोरोना देखिएर अवस्था भयावह बनेपछि स्थानान्तरणको काम रोकिएको बताउनुभयो ।

प्रदेश १ मा दुई सय ११ जना नेपाल प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस बाहेक प्रदेश १ प्रहरी कार्यालयमा ४०, तालिम केन्द्रमा १२, मोरङमा १३, सुनसरीमा १३, झापामा १२, दंगा नियन्त्रण प्रहरी गण दुहबीमा १२, खोटाङमा छ, धनकुटामा चार, ओखलढुंगा, भोजपुर र इलाममा तीन/तीन, पाँचथर, संखुवासभा र उदयपुरमा एक/एक जना प्रहरीमा कोरोना देखिएको छ । प्रदेश सभा सचिवालयका मर्यादापालक एक प्रहरीमा पनि कोरोना पुष्टि भएको छ । मर्यादापालकलाई मोरङको संक्रमितमा गणना गरिएको छ । जम्मा संक्रमितमध्ये ४६ जना उपचारपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । एक सय ६६ संक्रमित प्रहरी उपचाररत छन् ।

कोरोना संक्रमण पुष्टि भएका कार्यालयबाट पीसीआर परीक्षण गरेर रिपोर्ट यकिन नगरिकन जथाभावी रुपमा स्थानान्तरण र फेरबदल गर्दा प्रहरीभित्र कोरोना व्यापक रुपमा फैलिएको गुनासो प्रहरी अधिकारीहरुले गरेका छन् । कोरोना देखिएको कार्यालयबाट मनपरी हिसाबमा प्रहरी फेरबदल र स्थानान्तरण गर्नु नेतृत्वको चरम लापरबाही र बद्मासी भएको प्रहरी अधिकारीको दाबी छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३