प्रकाशित : ८ भाद्र २०७७, सोमबार १७:५३

विराटनगर, ८ भदौ । विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको छ । आज महानगरपालिकामा प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेको रोहबरमा विराटनगर महानगरपालिकालाई सहयोगीहरुले हस्तान्तरण गरेको मेसिन महानगरले अस्पताललाई हस्तान्तरण गरेको हो ।

महानगरका प्रमुख भीम पराजुलीकै पहलमा दाताहरुको सहयोगमा पिसिआर मेसिन खरिद गरिएको हो । विराटनगरमा समुदायस्तरमा कोरोनाको संक्रमण देखिएको अवस्थामा प्रदेशको पीसीआर ल्याबले महानगरका नागरिकको पर्याप्त रुपमा स्वाब परीक्षण नगरेको गुनासो आइरहेको बेला सहयोग जुटाएर पीसीआर मेसिन खरिद गरिएको हो । थप मेसिन कोशी अस्पतालको प्रयोगशालामा स्थापना भएपछि संक्रमितको पहिचान र उपचारका लागि सहज हुने महानगर प्रमुख पराजुलीले बताउनुभयो । नयाँ मेसिन जडानपछि विराटनगरमा दैनिक ९ सय जनासम्मको पीसीआर जाँच गर्न सकिने उहाँको भनाइ छ ।

दाताहरुकै सहयोगमा आरएन ए एक्ट्राक्सन मेसिन पनि खरिदको तयारी भएको उहाँले जानकारी दिनुभयो । कोशी अस्पतालमा मेसिन सञ्चालन र प्रयोगशाला व्यवस्थापनका लागि महानगरपालिकाले २५ लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

मेसिन स्थापना भएपछि महानगर मात्र नभएर प्रदेश–१ कै नागरिकलाई फाइदा पुग्ने सामाजिक विकासमन्त्री जीवन घिमिरले बताउनुभयो । कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकारले तीन तहसँग समन्वय गरेर काम गरिरहेको घिमिरेको भनाइ छ । निजी क्षेत्रबाट मेसिन खरिद र सञ्चालनको ६० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको मेयर पराजुलीको भनाइ छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३