प्रकाशित : ६ भाद्र २०७७, शनिबार १७:४२

विराटनगर, ६ भदौ । नेकपा विराटनगर ८ नम्वर वडा कमिटीले आज २१ घर निर्मलीकरण गरेको छ । कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेका घरहरुको निर्मलीकरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

वडा कमिटीले दोस्रो चरणको अभियान अन्तरगत होम आईसोलेसनमा रहेकाहरु र संक्रमितको सम्पर्कमा रहेका घरपरिवारका सदस्यहलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले अत्यधिक भिडभाड हुने चोकहरु, बालगोपाल मार्ग, अमरटोल, राजवंशी टोलका घरहरु निर्मलीकरण गरिएको हो ।

घरहरुको निर्मलीकरण अभियानमा कमिटी सदस्य भुवन राजवंशी, सविन कामत, सीताराम राजवंशी, शिव मगर, सर्जुप्रसाद राजवंशी, रुपनारायण राय, चन्द्रबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

वडा कमिटीले यसअघि १७ वटा घरको निर्मलीकरण गरेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३