प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार १८:२६


विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिकामा भदौ १० गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाले लगाएको २१ दिनको लकडाउन आज मध्यरातीबाट सकिदैछ । महानगरले ७ दिन निषेधाज्ञा जारी गर्न प्रस्ताव गरेको भएपनि सुरक्षा समितिले ५ दिन मात्र निषेधाज्ञा गर्ने निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
विराटनगरमा कोरोना संक्रमितको संख्या ७७४ पुगेको छ । संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
सम्बन्धित शीर्षकहरु