प्रकाशित : ३ भाद्र २०७७, बुधबार १७:०९

विराटनगर, ३ भदौ । प्रदेश १ मा आज १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् ।

मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टी भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ ।

प्रदेश १ मा आज २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३