प्रकाशित : ३२ श्रावण २०७७, आईतवार १८:३३

विराटनगर, ३२ साउन । विराटनगरमा कोरोना संक्रमितको संख्या दैनिक बढीरहेको छ । साउन १ देखि ३२ गतेसम्ममा संक्रमितको संख्या ५ सय ४२ पुगेको छ।

संक्रमणबाट सातजनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७६ जना डिस्चार्ज भएका छन । साउनमा ६ दिनबाहेक दैनिक संक्रमण देखिएको छ । साउन १ देखि ७ गते सम्म विराटनगरमा ६ जना संक्रमित थिए ।

साउन ८ देखि १४ सम्म ५७ जना, १५ देखि २१ गतेसम्म ७४ जना, २२ गतेदेखि २८ गतेसम्म १ सय ८६ जना र २९ देखि ३२ गते सम्म चार दिनमा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन । पछिल्लो ४ दिनमा संक्रमितको संख्या अत्यधिक वृद्धि भएको छ । साउनभरिमा मात्र विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या पाँच सय ४२ पुगेको छ । आज विराटनगरमा ८६ जनामा संक्रमण देखिएको छ । यो अहिले सम्मकै उच्च हो ।

असार मसान्तसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या २९ थियो । विराटनगरमा कोरोना संक्रमणबाट एक महिलासहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ९ का २ जना, वडा नंं. ३, ५, १० र १५ का १–१ जना छन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३