प्रकाशित : ३१ श्रावण २०७७, शनिबार १७:०९

विराटनगर, ३१ साउन । मोरंगका ९ वटा स्थानीय तहमा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरंगका ९ वटा स्थानीय तहमा एकैपटक कोरोना संक्रमण देखिएको पहिलो पटक हो ।

प्रदेश १ मा मोरंगका ६४ सहित आज ८६ जना संक्रमित थपिएका छन् । सुनसरीमा १९, तेर्हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, तेर्हथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज सम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले बताउनुभयो ।

प्रदेश १ मा आज सम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३