प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १८:३२

विराटनगर, ३० साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ५८ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ७ लाख ५८ हजार १४ जनाको मृत्यु भएको छ ।

आज दिनभरीमा विश्वभर १ हजार २ सय ९५ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ११ लाख पुगेको छ । विश्वभर ४३ हजार २ सय ५९ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड ३९ लाख ४९ हजार बढि उपचारपछि निको भएका छन् । ६४ हजार ४ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ ।

संक्रमितको संख्या ५४ लाख १६ हजार नाघेको छ । ब्राजिलमा ३२ लाख २९ हजार बढी संक्रमित हुँदा १ लाख ५ हजार बढीको ज्यान गएको छ । भारतमा २४ लाख ६४ हजार ३ सय १६ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ४८ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । भारतमा ४ हजार ७ सय ३ नयाँ संक्रमित थपिएका छन् ।

रसियामा ९ लाख १२ हजार बढी संक्रमित भएका छन् । रसियामा १५ हजार ४ सय बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ७२ हजार बढी कोरोना संक्रमित मध्ये ११ हजार २ सय बढीको मृत्यु भएको छ । पेरुमा ५ लाख ७ हजार संक्रमित हुँदा २५ हजार ६ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ५ लाख ५ हजार नाघेको छ ।

मेक्सीकोमा ५५ हजार २ सय बढीले ज्यान गुमाएका छन् । कोलम्वियामा ४ लाख ३३ हजार बढी संक्रमित मध्ये १४ हजार १ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३