प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १८:३१

विराटनगर, ३० साउन । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत एक जना चिकित्सकसहित थप पाँच जनामा आज कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अस्पतालका एक चिकित्सक, एक नर्सिङ स्टाफ, दुई जना औषधि पसलका कर्मचारी र एक जना प्रशासनका कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमित भेटिएको औषधि पसल अस्पतालभित्रै सञ्चालित छ ।

पाँच जना थपिएसँगै अस्पतालमा संक्रमित हुनेको संख्या नौ पुगेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले यसअघि तीन चिकित्सक र एक जना नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको बताउनु भयो । दुई चिकित्सकमा गत शनिबार पहिलो पटक कोरोना देखिएको थियो ।

उनीहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दा गत सोमबार एक चिकित्सक र एक नर्समा संक्रमण देखिएको दाहालले बताउनु भयो । उहाँअनुसार चिकित्सकसहित स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अस्पतालको ओपीडी (बहिरंग) विभागको सेवा बन्द गरिएको छ । नोबेलमा कार्यरत दुई सय २४ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराइएकोमा ७० जनाको रिपोर्ट आउन बाँकी रहेको दाहालले बताउनु भयो । अस्पतालले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीका लागि आइसोलेसन बेड बनाएको छ ।

संक्रमितमध्ये अस्पतालका एक चिकित्सकको स्वास्थ्य अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ती चिकित्सकको अवस्था थप जटिल बनेपछि उपचार पद्धती फेर्दै हिजो प्लाज्मा थेरापी गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३