प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार ०६:३९

विराटनगर, ३० साउन । कोशी अस्पताल विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । गएराती उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय पुरूषको मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या रहेका विरामीको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा साँझ ७ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि कोशी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा विराटनगरका ३ र रंगेलीका १ जना छन् । कोशी अस्पतालमा हिजो दिउँसो मृत्यु भएका विराटनगर १५ का एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३