प्रकाशित : २९ श्रावण २०७७, बिहीबार १८:३५

विराटनगर, २९ साउन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिका भदौ ५ गते सम्मका लागि लकडाउन थप गरेको छ ।

महानगरपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आज बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि पहिलो पटक साउन १६ गते राती १२ बजे देखि साउन ३० गते राती १२ बजेसम्मका लागि लकडाउन गरिएको थियो ।

विराटनगरमा कोरोना संक्रमण बढेको कारण लकडाउन थप गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । विराटनगरमा आज सम्म ४ सय १४ जना कोरोना संक्रमित भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३