प्रकाशित : २९ श्रावण २०७७, बिहीबार १८:२८

विराटनगर, २९ साउन । विराटनगरको कोशी अस्पतालमा कोरोना भाइरस शंकास्पद पुरुषको आज दिउँसो मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि ल्याइएका विराटनगर महानगरपालिका –१५ का ३० वर्षीय पंकज गुप्ताको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासकाअनुसार मृतकमा केही दिनदेखि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएको पाइएको छ ।

स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई उपचारका लागि बिहान १०ः३० बजेतिर अस्पताल भर्ना गरिएको थियो । तत्काल आइसोलेसनमा लगेर उपचार सुरु गर्दै कोरोना परीक्षणका लागि ११ बजेतिर गुप्ताको स्वाब संकलन गरिएको डा. दासले बताउनुभ भयो । उहाँले रिपोर्ट आउनुअघि नै कोरोना शंकास्पद पुरुषको दिउँसो ४ बजेतिर मृत्यु भएको जानकारी दिनु भयो ।

अहिलेसम्म रिपोर्ट आइसकेको छैन । रिपोर्ट आइसकेपछि शव व्यवस्थापनको प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । रिपोर्ट नगेटिभ आएमा अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने र पोजेटिभ आएमा शव व्यवस्थापनका लागि सेनाको विशेष टोलीलाई बुझाइने जानकारी दासले दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३