प्रकाशित : २९ श्रावण २०७७, बिहीबार ०८:०२

विराटनगर, २९ साउन । अन्तराष्ट्रिय युवा दिवसका अवसरमा विराट युवा सञ्जाल विराटनगरले कोभिड–१९ ले युवामा पारेको असर र समाधान विषयक अनलाईन संवाद गरेको छ ।

अन्र्तक्रियामा विराटनगर अस्पतालका वरिष्ठ डाक्टर रजनिश झाले कोरोना भाईरस कोभिड १९ बारेमा जानकारी दिनु भएको थियो । उहाँले कोरोनाका लक्षण र यसबाट बच्न उपायबारे बताउनु भएको थियो ।

नेपाली काग्रेस विराटनगर महानगरपालिका नगर समितिका कार्यवहाक सभापति तथा महानगर सीसीएमसी सदस्य अरुण नेउपानेले विराटनगरको अवस्था र यूवाहरुमा परेको प्रभावका बारेमा बोल्नु भएको थियो । उहाँले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले परीक्षणको दायरा बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले यूवाहरुलाई समुदायमा कोरोना संवन्धि सचेतना जगाउन आग्रह गर्नुभयो ।

ओरेक नेपालकी मनोपरामर्शकर्ता दमयन्ती राजवंशीले कोरोना भाईरस र यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले यूवाहरुमा मानसिक समस्या आउने, हत्या, आत्महत्याको घटना बढ्न सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । यूवाहरुलाई यस्ता समस्याबाट जोगाउन मनोपरामर्श आवस्यक रहेको बताउनुभयो ।

अनलाईन संवादमा १ हजार बढी यूवाहरुको सहभागिता रहेको विराट युवा सञ्जाल विराटनगरका अध्यक्ष विकेश मुखियाले जानकारी गराउनु दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३