प्रकाशित : २८ श्रावण २०७७, बुधबार १९:१५

विराटनगर, २८ साउन । नेकपा विराटनगर ८ ले आज कोरोना संक्रमण भएर होम आईसोलेसनमा रहेकाहरुलाई स्वास्थ्य सामाग्री र घरेलु औषधि सामाग्री वितरण गरेको छ ।

होम आईसोलेसनमा रहेकाहरुको घरमा पुगेर सेनिटिराईजर, मास्क, ग्लोब्स वितरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो । उहाँका अनुसार संक्रमितलाई घरेलु औषधिहरु गुर्जाे, दालचिनी, अदुवा, वेसारपनि वितरण गरिएको छ । होम आईसोलेसनमा रहेकाहरुको घरलाई निर्मलीकरण पनि गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

वडा नं. ८ का १७ जना कोरोना संक्रमितहरु होम आईसोलेसनमा रहेको उहाँले बताउनुभयो । संक्रमितहरुको स्वास्थ्यअवस्था सामान्य रहेको नगर कमिटी सदस्य एवं वडा सहइन्चार्ज सरस्वती ओझाले बताउनुभयो ।

स्वास्थ्य सामाग्री र घरेलु औषधि लिएर वडा कमिटी सदस्य भुवन राजवंशी, पवित्रा राय लगायतको टिम खटिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३