प्रकाशित : २८ श्रावण २०७७, बुधबार १८:२९

विराटनगर, २८ साउन । कोरोना भाइरसको संक्रमणका कारण विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका एक कर्मचारीको आज दिउँसो मृत्यु भएको छ ।

प्राधिकरणका प्राविधिक विराटनगर महानगरपालिका–३ घर भएका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत प्राधिकरणका इलेक्ट्रिसियनको दिउँसो ४ बजे मृत्यु भएको उपचार केन्द्रका प्रमुख बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिनु भयो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि गत सोमबार कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

डा. सिग्देलकाअनुसार मृतक मधुमेह र दमका पुराना रोगी थिए । उनको शव व्यवस्थापन गर्न नेपाली सेनाको विशेष टोलीलाई जिम्मा लगाउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या थपिँदै गएपछि ती पुरुषलाई सोमबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो । तर बेड खाली नभएको भन्दै प्रतिष्ठानले बिरामी लिन अस्वीकार गरेपछि पठाउन सकिएको थिएन । कोशीको कोभिड अस्पतालमा लक्षण नभएका संक्रमितको मात्रै उपचार हुँदै आएको छ ।

धरानमा भने कडा लक्षण देखिएका संक्रमितको उपचार गर्ने भेन्टिलेटरसहितको लेभल थ्री अस्पताल सञ्चालनमा छ । विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु भएसँगै विराटनगर महानगरपालिकामा मात्रै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या पाँच पुगेको छ । यस अघि कोरोना संक्रमित विराटनगर– ९ मा दुई, विराटनगर– ५ र १० का एक÷एक जना पुरुषको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३