प्रकाशित : २८ श्रावण २०७७, बुधबार १७:०३

विराटनगर, २८ साउन । कोरोनाभाइरस कोभिड १९ संक्रमणसंगै विराटनगरमा प्रत्येक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्रा यसपटक औपचारिकतामा सीमित बनेको छ । विराटनगर महानगरपालिकामा दैनिकरुपमा संक्रमितको संख्या बढिरहँदा रथयात्रा आयोजक समितिले यसअघि नै राधाकृष्णको नगरपरिक्रमा कार्यक्रम स्थगित गरेको थियो ।

परम्परालाई जगेर्ना गर्ने उद्धेश्यसहित यसपटक राधाकृष्णको युगल जोडीलाई आयोजक समूहले खटमा राखेर सीमित धर्मावलम्बीले सामाजिक दूूरी कायम गर्दै नगर परिक्रममा गराएका छन् । यसअघि स्थगित गरिएको जनाएपनि श्रद्धालु भक्तजनको भीडभाड नहुनेगरि गोप्य रुपमा नगरपरिक्रममा गरिएको राधाकृष्ण धर्मशालाका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिनुभयो ।

रथयात्राका लागि विगतमा झैं बृहत संख्यामा श्रद्धालुको उपस्थिती हुनसक्ने संभावनालाई मध्यनजर गर्दै संस्कृति र परम्परालाई निरन्तरता दिन यसप्रकारले सुरक्षित रुपमा कार्यक्रम गरिएको आयोजक समूहले जनाएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले परम्परा धान्नका लागि विषम परिस्थितीमा समेत सुरक्षित रुपमा कार्य गरिएको बताउनु भयो । विराटनगरको ऐतिहासिक रथयात्रालाई निरन्तरता दिने उदेश्य अनुरुप खटयात्रा गरेकोमा आयोजक समितिलाई मेयर पराजुलीले धन्यवाद दिनु भएको छ ।

१९८८ सालमा खट यात्राबाट सुरु गरिएको राधाकृष्ण रथयात्राले २०२५ सालपछि बृहत रथयात्राको रुपमा निरन्तरता पाउदै आएको थियो । कोभिड १९ का कारण यसपटक भने विगत झै रथयात्राले पूर्णता पाउन सकेन् ।

रथयात्रामा सहभागिता जनाउनका लागि मोरंग, सुनसरी र भारतको विहारका विभिन्न क्षेत्रबाट श्रद्धालुको भीड रहने गरेको छ । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यस रथयात्रालाई दक्षिण एशियाकै ठूलो रथयात्रा दाबी गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३