प्रकाशित : २६ श्रावण २०७७, सोमबार १८:३१


विराटनगर, २६ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ३४ हजार पुगेको छ । आज साँझ सम्म विश्वभर ७ लाख ३४ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।
आज दिनभरीमा विश्वभर ९ सय ६ जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ४६ हजार पुगेको छ । विश्वभर ३० हजार ५१ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमित भएका मध्ये १ करोड २९ लाख १५ हजार बढि उपचारपछि निको भएका छन् । ६४ हजार ८ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ६ सय पुगेको छ ।
संक्रमितको संख्या ५१ लाख ९९ हजार नाघेको छ । ब्राजिलमा ३० लाख ३५ हजार बढी संक्रमित हुँदा १ लाख बढीको ज्यान गएको छ । भारतमा २२ लाख १७ हजार ६ सय ४५ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ४४ हजार ४ सय ९९ जनाको मृत्यु भएको छ । भारतमा ३ हजार ५ सय ८ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ९२ हजार बढी संक्रमित भएका छन् ।
रसियामा १५ हजार बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ५९ हजार बढी कोरोना संक्रमित मध्ये १० हजार ४ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ८० हजार नाघेको छ ।
मेक्सीकोमा ५२ हजार २ सय बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख ७८ हजार संक्रमित हुँदा २१ हजार बढीको मृत्यु भएको छ । कोलम्वियामा ३ लाख ८७ हजार बढी संक्रमित मध्ये १२ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।