प्रकाशित : २६ श्रावण २०७७, सोमबार ०६:२२

विराटनगर, २६ साउन । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार पुगेको छ । आज विहान सम्म विश्वभर ७ लाख ३३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा विश्वभर ४ हजार ५ सय २० जनाको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ८ हजार पुगेको छ । विश्वभर २ लाख ११ हजार ७३ नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमित भएका मध्ये १ करोड २८ लाख ८६ हजार बढि उपचारपछि निको भएका छन् । ६४ हजार ९ सय संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५ सय पुगेको छ । संक्रमितको संख्या ५१ लाख ९८ हजार नाघेको छ । ब्राजिलमा ३० लाख ३५ हजार बढी संक्रमित हुँदा १ लाख बढीको ज्यान गएको छ ।

भारतमा २२ लाख १४ हजार १ सय ३७ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट ४४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ । भारतमा ६२ हजार १ सय १७ नयाँ संक्रमित थपिएका छन् । रसियामा ८ लाख ८७ हजार बढी संक्रमित भएका छन् । रसियामा १४ हजार ९ सय बढीको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ५ लाख ५९ हजार बढी कोरोना संक्रमित मध्ये १० हजार ४ सय बढीको मृत्यु भएको छ । मेक्सीकोमा संक्रमितको संख्या ४ लाख ७५ हजार नाघेको छ ।

मेक्सीकोमा ५२ हजार बढीले ज्यान गुमाएका छन् । पेरुमा ४ लाख ७१ हजार संक्रमित हुँदा २० हजार ८ सय बढीको मृत्यु भएको छ । कोलम्वियामा ३ लाख ८७ हजार बढी संक्रमित मध्ये १२ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३