प्रकाशित : २५ श्रावण २०७७, आईतवार १८:३८

विराटनगर, २५ साउन । प्रदेश १ मा ९६ प्रतिशत धान रोपाई भएको छ । गत वर्ष साउन २५ सम्म ९० प्रतिशत मात्र रोपाई भएको थियो ।

समयमै वर्षा भएको कारण प्रदेशमा रोपाई अन्तिम चरणमा पुगेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.राजेन्द्र उप्रेतीका अनुसार प्रदेश १ मा आइतबारसम्म ९५.८४ प्रतिशत रोपाई सम्पन्न भएको छ । ‘प्रदेश १ मा रोपाईको प्रतिशत अन्तिम चरणमा पुगेको छ’ प्रवक्ता उप्रेतीले भन्नुभयो, ‘साउनभरीमा सतप्रतिशत रोपाई हुने अवस्था छ । अहिले तराइको केही भागमा कृषकले सनपाट लगाएका छन् ।

सनपाट बाली निकालेपछि कृषकले धान रोप्ने भएको कारण अहिले तराइको केही भूभागमा रोपाई बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा धान रोपाई हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये ३ लाख २६ हजार ६ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३