प्रकाशित : २५ श्रावण २०७७, आईतवार १७:०५


विराटनगर, २५ साउन । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आईतबार ५ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ ।
प्रदेश सभाबाट पारित भएका प्रदेश स्तरमा फर्म दर्ता, नविकरण तथा तत् संवन्धि अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेश सार्वजनिक सडकको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसायका संवन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. १ बालबालिकाको अधिकार संरक्षण संवन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं. १ जनस्वास्थ्य संवन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।
नेपालको संविधान २०७२ को धारा २ सय १ को उपधारा २ बमोजिम विधेयकहरु प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयकी सूचना अधिकारी रीता खतिवडाले बताउनुभयो ।