प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार १९:४९

विराटनगर, २३ साउन । मोरंगको रंगेलीमा शुक्रबार २९ जना कोरोना संक्रमित थपिएका छन् ।

रंगेलीका ४, ५, ६ र ७ नं. वडाका ६ महिला र २३ पुरुष संक्रमित भएका हुन । शुक्रबार संक्रमण देखिएका मध्ये २३ जना एउटा वडाका छन् । वडा नं. ७ मा १७ पुरुष र ६ महिलामा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।

प्रदेश नं. १ मा एउटै वडामा धेरै संक्रमण देखिएको पहिलो पटक हो । रंगेलीमा मात्र कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ ।

संक्रमण समुदाय स्तरमा फैलिएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख दिलिप बगडियाले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३