प्रकाशित : २३ श्रावण २०७७, शुक्रबार १६:०९

विराटनगर, २३ साउन । विराटनगरमा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । विराटनगर ९ का ५८ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टी भएको हो । उनको आज बिहान सवा ९ वजे कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । मृत्युपछि परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो ।

स्वाव परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताउनुभयो । उनलाई उपचारका लागि बिहान अस्पताल ल्याइएको थियो । उनको शव आइसोलेसनमै राखिएको र व्यवस्थापनका लागि नेपाली सेनाको विशेष टोलीलाई जिम्मा लगाइने दासले बताउनुभयो । मृतकमा एक सतादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए ।

स्वास्थ्यमा समस्या भएपछि परिवारका सदस्यले निमोनिया हो भन्दै बाहिरकै निजी स्वास्थ्य संस्थामा उपचार गराएको र स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै कोशी ल्याइएको पाइएको मेसु दासको भनाइ छ । विराटनगरमा यसअघि कोरोना संक्रमणबाट २ जना र रंगेली र सुनबर्षीमा १–१ जनाको मृत्यु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३