प्रकाशित : २२ श्रावण २०७७, बिहीबार १५:५३


विराटनगर, २२ साउन । प्रदेश १ मा ६ जिल्ला कोरोनामुक्त भएका छन् । १४ जिल्ला मध्ये ६ जिल्ला कोरोनामुक्त भएका हुन ।
आजसम्म तेर्हथुम, संखुवासभा, खोटाङ, भोजपुर, पाँचथर र धनकुटा जिल्ला कोरोनामुक्त भएका हुन ।
तेर्हथुममा ८, संखुवासभामा ५, खोटाङमा १२, भोजपुरमा ६, पाँचथरमा ७ र धनकुटामा १६ जनामा संक्रमण देखिएको थियो ।
सम्बन्धित शीर्षकहरु